बागमती प्रदेशबाट राष्ट्रियसभामा पौडेल र तिमल्सिना विजयी
काठमाडौ । राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा ९एकीकृत समाजवादी० की गोमादेवी तिमल्सिना विजयी भएका छन् । आज हेटौंडा—८ अवस्थित रहेको औद्योगिक क्षेत्रमा भएको राष्ट्रिय सभातर्फ रिक्त रहेको दुई सदस्य लागि निर्वाचन भएको थियो ।
जसमा पौडेलले ४ हजार ७९४ मतभार प्राप्त गरे भने तिमल्सिनाले ४ हजार ८२४ मतभार प्राप्त गरिन् । बागमतीमा सत्तारूढ गठबन्धनले दुबै सिटमा जितेको हो। यसैगरि,विपक्षी दल नेकपा एमालेका गोपाल शाक्यले ४ हजार ३४४ मतभार र निरुकुमारी कुँवरले ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए । यसैगरि,नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०बाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले कुल ८४ मतभार र गीता काफ्लेले ८४ मतभार प्राप्त गरिन् ।



