समाजवादी प्रेस संगठनले गर्यो स्थानीय तह निर्वाचन केन्द्रित उपत्यका स्तरिय प्रचार भेला
काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनले स्थानीय तह निर्वाचन केन्द्रित उपत्यका स्तरिय प्रचार भेला सम्पन्न भएको छ। पाटिको नीति विचार स्थानीय तह निर्वाचनमा जनताको विचमा कसरी प्रचार प्रचार गरि सहि सुचना पुर्याउन सकिन्छ भन्ने उधेश्य साथ भेला नेकपा एकीकृत समाजवादी पार्टिको केन्द्रीय कार्यालय आलोकनगर स्थित सभा हलमा भएको थियो ।
भेलामा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार बिभाग प्रमुख जगनाथ खतिवडा रहेका थिए। अतिथि समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठ उपाध्यक्ष बिश्वमणि सुवेदी रहेका थिए।भेला समाजवादी प्रेस संगठनका उपाध्यक्ष तथा उपत्यका इन्चार्ज शान्तराम बिडारीको सभापतित्वमा भएको थियो 
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी जगनाथ खतिवडाले नेपालका संचारमाध्यम सधै सत्यको पक्षमा लडदै आईरहेको र आगामी दिनमा समेत यसमा प्रतिबद्ध रहने बिश्वास व्यक्त गरे।



