टोखा संस्कृति सम्पदा सरंक्षण दबु पुनंगठन,अध्यक्षमा मनिराज डङ्गोल|

काठमाडौ श्रावण ११- टोखा संस्कृति सम्पदा संरक्षण दबुको पुनर्गठन भेला शनिबार सम्पन्न भएको छ ।  टाेखाका पुराना सम्पदा मध्ये एक महत्वपूर्ण धरोहर वंतुलि अजिमा द्यःमन्दिर परिसरमा आयोजित पुनर्गठन भेलाबाट पुनः मनिराज डंगोल अध्यक्ष निर्विरोध चयन हुनु भएको छ ।

संस्थालाई गतिशील बनाउन संख्यालाई सिमित बनाउने अध्यक्ष मनिराज डंगोलले कार्यक्रममा बताए । अध्यक्ष भएपछि क्षमापूजा गर्दै सुरु भएको उक्त कार्यक्रम बोल्दै अध्यक्षले नेवा : उत्थानको लागि निरन्तर राजनीतिक दलको सक्रियतामा प्राचीन बस्ती संरक्षण , उत्थानको लागि स्थानीय तहमै राज्यले नेवा:विकास समिति ल्याएको बताउनु भयो ।


विभिन्न हिसाबले संगसंगै कार्य गर्दै गरेको अवस्थामा सम्पदा संरक्षण दबुलाई आएको विकास समितिको प्रस्ताव अध्यक्ष मनिराज डंगोलले उहाँ सचिव लाई उक्त विकास समितिमा प्रस्ताव गरेको बताउनुभयो। सो नेवा: उत्थानका लागि संरक्षणको लागि प्राचीन बस्ती संरक्षण गर्ने विकास समिति ल्याउन सफल भएको छ ,यस्को लागि सचिव गणेशमान श्रेष्ठ नेवा:विकास समितिमा लाग्नु पर्ने भएकोले उहाँलाई बिदाई गरेको अध्यक्ष मनिराज डंगोलले कार्यक्रममा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा दबुका निवर्तमान सचिव गणेशमान श्रेष्ठलाई टोखा नगरपालिकाको साँस्कृतिक संरक्षित क्षेत्र विकास समितिको अध्यक्षमा बाहाल भएकोमा कार्यक्रमका प्रमुख अतिथि टोखाका मुलनायो हेमराज श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

हाल सम्पदा दबुमा पुनर्गठन पछि ३ जना थप्ने गर्ने गरि अध्यक्ष सहित ६ जना मनोनीत गरि कार्यसमिती
गठन गरिएको छ ।टोखा संस्कृति सम्पदा संरक्षण दबुको पुनर्गठन भेला पछि अध्यक्ष मनिराज डङ्गोलले टाेखा पुराना धारा मध्ये एक संरक्षणमा टेवा पुगोस् ,सरसफाइमा ध्यान जाओस भन्ने उद्देश्यले आजीवन उक्त चाग: हिटीमा साबुन वितरण गर्ने घोषणासंगै सरसफाई कोलागि धारामा पुर्व गाविस अध्यक्ष बाबुलाल डंगोल ,प्रेमलाल डंगोल ,बसन्त श्रेष्ठ लगायतलाई अहिले ४महिनाको लागि एकमुष्ट साबुन हस्तान्तरण पनि गरेका थिए।