ग्रामिण आदर्श बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष थापाको निधन

तारकेश्वर, १२ साउन । ग्रामिण आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी ढकलध्वज थापाको निधन भएको छ ।

थापाको ८५ वर्षको उमेरमा आइतवार राति निवासबाट अस्पताल लैजाने क्रममा मुत्यु भएको हो । थापा क्याम्पसको स्थापनाकाल देखि नै व्यवस्थापन समितिको अध्यक्ष रहेका थिए । क्याम्पस स्थापनादेखि नै महत्वपूर्ण योगदान दिएका थापाको मृत्यु भएसँगै क्याम्पसलाई अतुलनीय क्षति भएको छ । थापाको मृत्युमा क्याम्पसका पदाधिकारी, अध्यापक, विद्यार्थी एवं अभिभावकले शोक व्यक्त गरेका छन् ।

थापाको पार्थिव शरीरलाई कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतवार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सोमबार बिहान उनको सम्झनामा ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो ।

१२ श्रावण २०७७, सोमबार