कोभिड १९ ले गोसाइँकुण्ड मेलामा परेको असर तथा सन्दर्भ

मनिराज  डङ्गोल-  काठमाडौ  उपत्यकाको उत्तरी छिमेकी जिल्ला नुवाकोटसंग जोडिएको रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड मानवीय धर्म संस्कार संस्कृतिको केन्द्र मध्येको एक पवित्र स्थल हो। बर्सेनि लाखौंको संख्यामा तिर्थालु भक्तजनको आस्था एवं मनोरञ्जन को गन्तव्य बनिरहेको गोसाइँकुण्ड नेपालीको आन्तरिक एवं बाह्य पर्यटनको बलियो खम्बा पनि हो। तर यो वर्ष कोभिड-१९ कोरोना भाईरसले गर्दा गोसाइँकुण्ड मेलामा असर परेको छ।

प्राचीन नेपाल तथा उपत्यकाको उत्तर भुगोलमा अवस्थित गोसाइँकुण्ड, उपत्यकाको उत्तरी प्रबेसद्वार टोखाको नजिक नहुनु त कुरै भयन। बर्सेनि हजारौं टोखाबासि हरुको भ्रमणको केन्द्र बनिरहँदा, ४ वता पदमार्ग बाट ८ पटक गोसाइँकुण्ड यात्रामा भोगेका सजिला अप्ठ्यारा केही अनुभव हरु सेयर गर्नु सान्दर्भिक लाग्यो।

प्राचीन टोखा उपत्यका कै पुरानो मानव बस्ति मध्येको एक हो।यस प्राचीन टोखामा करिव १४०० घर धुरि रहेको छ। प्राचीन टोखा बासिहरु प्रत्येक बर्ष जनैपूणिर्मा को ठिक ७ दिन अगाडि अष्टमिको दिन मात्रै सयौंको संख्यामा तथा कुल घरसंख्याको करिब १० प्रतिशत गोसाइँकुण्ड मेलामा सहभागी हुने गर्दछन। २०६४ साल बैसाख १८ गते विश्व मजदुर दिवसको दिनमा रोसन भाइ र म चौथो पतक गोसाइँकुण्ड भ्रमण -स्नान गरि कुन्द कै जल र भगवान शिवको प्रतीक सिला बोकेर ल्याई उपत्यका बासिहरुको स्वस्थ खानेपानी पिउने अासामा केही तेवा पुर्याउनु उद्येस्यले अक्वा गोसाइँकुण्ड प्रसोधित पिउने पानी उद्योग संञ्चालन गरेको थियें। सुरु सुरुमा अाध्यात्म मा मात्रै जोडिएको मेरो गोसाइँकुण्ड यात्रा, पानी ब्यबसाय सुरु पश्चात् गोसाइँकुण्ड एक नेपाल कै रमणीय , गौरव तथा पर्यटन को प्रचुर सम्भावना रहेको भन्ने सम्म बुझे। यसरी निरन्तर रुपमा टोखा र गोसाइँकुण्ड को धार्मिक , सांस्कृतिक र भौगोलिक रुपमा केकस्ता सम्भावना हरु हुनसक्छ भन्ने अध्ययन गर्ने अठोट जाग्यो।

पहिला सुन्दरीजल र ढुन्चे बातमात्रै गोसाइँकुण्ड जाने गरिन्थ्यो । टोखा देखि नुवाकोटको घ्यांगफेदि ध्वखा भन्ज्यांग्ङ हुँदै तिसौं वटा कुन्दहरुको अवलोकन का साथ गोसाइँकुण्ड को एक पदमार्ग र दोस्रो , रसुवाको कालिकास्थान-स्याउबारि-जुरेढुङ्गा-नौकुन्द हुँदै गोसाइँकुण्ड पदमार्ग गरि दुईवटा नयाँ टोखा-गोसाइँकुण्ड सर्किट समेत चार वटा पदमार्ग पहिचान भयको छ।

नेपाल को भौगोलिक नक्सा मा हेर्दा नुवाकोटको अति दुर्गम स्थानको नामले परिचित ध्यांङ्फेदि बाट टोखा-गोसाइँकुण्ड पदमार्ग धेरै नजिक देखिन्छ । नक्सा मा जस्तै टोखा देखि गोसाइँकुण्ड जाने छोतो बाटो पनि घ्यांफेदि बातै हुनसक्छ भनी अध्ययन गरिदै जाने क्रममा, पहिलोपटक मोटरसाईकल बाट गुर्जे-सिक्रे-लिखु-मानेभञ्ज्याङ-समुन्द्रतार-दुप्चृश्वर हुँदै घ्यांफेदि पुगे। दोस्रोपटक मेरो अनन्यमित्र अस्तकुमार श्रेष्ठ का साथ धिकुरे हुँदै २.५ घन्टाको मोतरसाईकल यात्रा गरि सोही दिन करिव ५ घन्टाको हिदाई पछि,करिव३५०० मिटर उचाइको ध्वाखा भन्ज्यांग वरिपरि राति ८ बजे पुगेछु। असारको महिना थियो। सिमसिमे पानी परिरहेका थिय। अध्यारो ले केही नदेख्ने भैसकेको थियो । संयोगले छानो र भित्ता नभयको गोठ भेत्ताय र त्यहि रात बिताउन बाध्य भयौ।

हात खुट्टामा मात्र नभई कान र अाँखा बाट समेत जुगालाई रक्त दान गरि गरि कहिले अस्तकुमार मेरो काखमा त कहिले म अस्तकुमारको काखमा सुतेजस्तो मात्रै गरि भोलि कहिले होला र भोलि बिहान सम्म हामी बाँच्छुकि बाँच्दिन होला भन्ने चिन्तै चिन्ता मा रात बितायौ। र बिना योजना साहस मात्रै ले पनि केही उपलब्धि नहुने रहेछ भन्ने शिक्षा हासिल गरि बिचबातै काठमाडौं फर्के । त्यस्को केहिबर्ष पछि पत्रकार एवं सर्बोच्च शिखर सगरमाथाको दुईचोति अारोहन गर्न सफल कल्पना महर्जन , सुशील क्रेज र छोरा सजन का साथ घ्यांङफेदिमा १ रात बास बसेर भोलिपल्ट मात्रै ध्वाखा भञ्न्ज्याँ को ढुंग्गे-अोदारमा बाँस बसि तेस्रो दिनमा रमाउदै लेकको मरुभूमि को अानन्दका साथ नौकुन्दर राजा-रानी कुन्द लामो कुन्द जस्तो तिसौ कुन्दहरुको अवलोकन गरि गोसाइँकुण्ड पुग्यौ।

टोखा-गोसाइँकुण्ड सर्किटको चौथो संम्भावना रहेको टोखा-कालिकास्थान-स्याउवारि-लोकिल-जुरेढुङ्गा-गोसाइँकुण्ड हो। कालिकास्थान का हरि पौदेल, दिपेन्द्र डंगोल र गोपि सिवाकोटी का साथ जुरेढुङ्गा बाट ३ घन्टाको हिडाई पछि खर्क सम्म पुगेर फर्के । २०७६ साल भाद्रकृष्ण अष्तमिको दिन, टोखानगरपालिका उपमेयर ज्ञानिमाया डङ्गगोल ले स्वागत का साथ वदाध्यक्ष दिपकराज ज‍ोशी, सदस्य हिराकाजी चोकि,नेवागुथि अध्यक्ष देवराज डंगोल समाजसेवी अष्तनारायण डंगोल समेत २९ जना बाट टोखा-जुरेढुङ्गा-गोसाइँकुण्ड सर्किट को सफल यात्रा गर्यौ। यस्तो दुर्गम धार्मिक , रमणीय र पर्यटन क्षेत्रमा बर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि धेरै बर्ष अघिनै पुर्बको रातो-तारा स्व कमरेड रत्नकुमार बान्तवाका साथ पुग्नुभयको कुरा थाहा पाउँदा झनै गौरव बधेको छ।यश गोसाइँकुण्ड क्षेत्र , नेपाल सरकारको लक्ष, समृद्ध नेपाल र सुखि नेपाली को एक महत्त्वपूर्ण स्रोत पर्यटनको प्रचुर सम्भावना लाई सिघ्र कार्यान्वयन मा ल्याउनु आजको आवश्कता हो ।

१६ श्रावण २०७७, शुक्रबार