रक्षाबन्धनका दिन स्थानीय बिदा, तारकेश्वर धाममा भीड नगर्न नगरपालिकाको आग्रह

तारकेश्वर, १७ साउन । तारकेश्वर नगरपालिकाले सोमबार परेको रक्षाबन्धन अर्थात जनैपूर्णिमाको अवसर पारेर नगरपालिकामा बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले क्वाँटी खाने दिनको अवसरमा स्थानीय सरकारी कार्यालय र शिक्षण संस्थामा समेत बिदा दिएको हो । यद्यपी कोरोना संक्रमणको जोखिमका कारण विद्यालयहरु बन्द नै रहेका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले तारकेश्वर धामजस्ता स्थानीय मठमन्दिर र तीर्थस्थलमा भक्तजनहरुलाई मेला नभर्न र भीड नगर्नपनि आग्रह गरेको छ । हरेकवर्ष जनैपूर्णिमाको दिन तारकेश्वर धाममा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।