मालपोत कार्यालय मनमैजुले सीमित सेवामात्र दिने

तारकेश्वर, २५ साउन । मालपोत कार्यालय मनमैजुले कोभिड १९ वृद्धि भईरहेको समयमा आउने सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरेर प्रवेश गराउने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै आईतवार र बुधवार साविकको मनमैजु, फुटुङ गाविस ,सोमबार र विहिवार साविकको जितपुरफेदि गाविस गोल्ढुङ्गा गाविस,मंगलवार र शुक्रबार साविकको काभ्रेस्थली गाविस र धर्मस्थली गाविसका सेवाग्राहीलाई सेवा दिने छ। सटडाउनको समयमा डोर जाने सर्जमिन गर्ने तारिख दिने लगायतका कामकाज अर्को सुचना नआएसम्म स्थगित गरेको छ।