साङला प्रहरीले बरामद गरेको राँगा धनिलाई बुझाइयो, चोर फरार
तारकेश्वर, ४ भदौ । काठमाडौंको उतरीभेग टोखा ,साङला चुनिखेल क्षेत्रमा भैँसीरांगा चोरीको घटना बढेका छ ।
साङ्गला प्रहरीले गएराति करिव २ बजे २ वटा राँगा नियन्त्रणमा लिएसँगै चोरीको नयाँ घटना बाहिर आएको हो । प्रहरीले बरामद गरेको राँगाको फोटोसहित तारकेश्वर नगरपालिका वडा न १ का अध्यक्ष बिदुर सापकोटाले सामाजिक सञ्जालमार्फत रांगा धनीलाई पत्ता लगाएपछि रांगा धनीलाई फिर्ता गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ बस्ने मिनबहादुर कुइकेलको उक्त राँगा साङ्गला प्रहरीले नियन्त्रणमा लिएपनि चोरहरु भागेको र पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । तानपा १का वडा अध्यक्ष बिदुर सापकोटाको उपस्थितिमा प्रहरीले आजै घरधनिलाई रांगा बुझाइएको हो ।
राति प्रहरी गस्तिमा जाँदै गर्दा तारकेश्वर नगरपालिका वडा नं १ र ७ को सिमानामा पर्ने स्थानबाट सो राँगा समातिएको र अविरल बर्षा र झाडीको कारण चोरलाई पक्राउ गर्न नसकिएको प्रहरी बिट साङ्गलाका प्रमुख जाली नारायण श्रेष्ठले तारकेश्वर अनलाईनलाई बताए । गस्तीको क्रममा टाढैबाट चोरहरुले प्रहरीलाई देखेपछि राँगा छोडी भागेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।