कोरोनाको कहरबीच भ्यू टावर ठेक्कामा लगाउँदै नगरपालिका, डेढलाख न्यूनतम मूल्य तोकियो
तारकेश्वर, २३ भदौ । कोरोनाको कहर बढिरहेका बेला हालसम्म आइसोलेसन सञ्चालन गर्न नसकेको तारकेश्वर नगरपालिकाले नगरको पर्यटकीय क्षेत्र मानिएको वडा नं ३ र ५ को सीमानामा पर्ने भ्यूटावर सञ्चालन गर्न ठेक्का दिन लागेको छ ।
नगरपालिकाले भ्युटावर सञ्चालनका लागि भन्दै न्यूनतम कबोल मूल्य डेढलाख तोकेर ठेक्का आह्वान गरेको हो । असोज पहिलो सातासम्म शिलबन्दी दरभाउपत्र पेश गर्न नगरपालिकाले आग्रह गरेको छ ।
कोरोनाको महामारीका कारण सामाजिक दूरी कायम गर्ने र घुमघामलाई निरुत्साहित गरिएका बेला नगरले भने पर्यटकीय क्षेत्र सञ्चालका लागि भन्दै दरभाउपत्र मागेको हो ।
२३ भाद्र २०७७, मंगलवार