तानपामा शुक्रबारदेखि नियमित काम सुचारु हुने

तारकेश्वर, २५ भदौ । तारकेश्वर नगरपालिकाले यसअघि बन्द गरेका नगरका नियमित सेवाहरु शुक्रवादेखि सुचारु गर्ने भएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जिल्ला प्रशासनले जारी गरेको नयाँ आदेश अनुसार सेवा सुचारु गर्न लागिएको बताए ।

नगरपालिकाले यसअघि स्वास्थ्य, कोभिड नियन्त्रण, विपद् व्यवस्थापन र व्यक्तिगत घटना दर्ताबाहेकका सबै सेवा स्थगन गरेको थियो । स्थगन गरिएका सेवा शुक्रवारदेखि सञ्चालन भएपनि नगरभित्र जिल्ला प्रशासनले अझै निषेध गरेका क्रियाकलाप भने गर्न नपाइने नगरपालिकाले जनाएको छ ।