तारकेश्वरमा थपिए ११ कोरोना संक्रमित, कुल २ सय ५१ जना पुगे

काठमाडौं, २६ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ। शुक्रबार नगरमा ११ जना कोरोना संक्रमित थपिएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६८ र सबैभन्दा कम फुटुङ– ७ मा ३ जनामा कोरोना फैलिएको छ।

त्यस्तै, नेपालटार–११ मा ४२, मनमैजु–८ मा २५, गोलढुङ्गा–४ मा २४, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २८, काभ्रेस्थली–२ मा १३, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ७ र धर्मस्थली–६ मा १६ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।

संक्रमितमध्ये १ सय २७ जना होम आइसालेसन, ३४ जना अस्पताल आइसोलेसन, २१ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन।

नगरमा हालसम्म ६५ जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको छ। हालसम्म नगरका ९ सय ९८ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय ४ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ ।

२६ भाद्र २०७७, शुक्रबार