गोलढुंगामा गाडी दुर्घटना, तीनजना घाइते, दुई गम्भीर

तारकेश्वर, ३१ भदौ । तारकेश्वर नगरपालिका वडा नं ३ फुलबारी गेट नजिकै गोलढुंगामा सवारी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

बुधवार दिउसो साँढे ३ बजेतिर फुलबारी गेटतर्फबाट मुड्खु जाँदै गरेको पानीको जार बोक्ने गाडी दुर्घटनाग्रस्त भएको हो । बा २१ च २१३३ गाडी गोलढुंगाको बिहानी बस्तिमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदशीले जनाएका छन् ।

दुर्घटनामा गाडीचालक २२ वर्षीय दीपेश लामा , २४ वर्षीय विनोद पुतुवार र ३० वर्षीय सुनिल महत घाइते भएका छन् ।

उनीहरुलाई थप उपचारको लागि बसुन्धरास्थित ग्रीनसिटि अस्पतालमा पुर्याइको छ । दुर्घटनामा परेको गाडीका चालक दीपेश लामाबाहेक अन्य दुईको अवस्था गम्भीर रहेको जनाइएको  छ ।

३१ भाद्र २०७७, बुधबार