किस्पाङमा नेकपाको एकीकृत कमिटिको शपथग्रहण सम्पन्न

नुवाकोट, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) किस्पाङको एकीकृत गाउँ कमिटिले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार आयोजित कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशका सांसद हिरानाथ खतिवडा लगायत दर्जनौं नेता कार्यकर्ता सहभागी भए ।

७५ सदस्यीय कमिटीको अध्यक्षमा पूर्व एमालेको तर्फबाट बिरबल तामाङ र सचिवमा पूर्व माओवादीका नेत्र भट्ट रहेका छन् । कमिटिका अध्यक्ष तामाङले एकीकृत पार्टी भएसँगै आउँदो स्थानीय चुनावमा किस्पाङलाई नेकपामय बनाउने दावी गरे । सपथ ग्रहण कार्यक्रममा अन्य अतिथिका रुपमा पूर्व सांसद राजेन्द्र प्रकाश लोहनी, नेकपा जिल्ला कमिटी सचिव तथा संघीयय सांसद नारायण प्रसाद खतिवडा बागमती प्रदेश नेकपाका मुख्य सचेतक तथा प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद बद्री मैनाली आशामाया लामा, प्रदेश कमिटी सदस्य रामशरण प्याकुरेल, ठाकुर गजुरेल सुभद्रा नेपाल, कल्पना रिमाल, बिन्दा ढुङ्गाना लगायत सहभागी भएका थिए ।

साथै नेकपा क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष पदम उप्रेती, क्षेत्र नं २ का सन्देश रेग्मी विदुर नगरपालिका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ति उपस्थित थिए । साथै सो कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरि ३५ जना व्यक्ति नेकपामा प्रवेश गरेका थिए ।