नेकपा ककनी कमिटिको शपथग्रहण सम्पन्न

नुवाकोट, १० असोज । तारकेश्वर नगरपालिकको सीमावर्ती नुवाकोटको ककनी गाउँपालिकामा नेकपाको एकीकृत कमिटिले शपथग्रहण सम्पन्न गरेको छ ।
शनिवार गाउँपालिकाको रानिपौवामा आयोजिक कार्यक्रममा शपथग्रहण आयोजना गरिएको हो । शपथग्रहण कार्यक्रममा नेकपाको बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य लगायत प्रदेश र जिल्लाका नेकता नेताहरु उपस्थित भएका थिए ।
नेकपाको जिल्लास्तरीय कार्यदलले ककनीमा पूर्व माओवादीका नेता रामहरी श्रेष्ठलाई अध्यक्ष र सचिवमा पूर्व एमालेका योगेन्द्र तामांगलाई चयन गरेपछि शनिवार शपथ कार्यक्रम राखिएको हो । कार्यक्रममा सहभागी नेता कार्यकर्ताले एकीकृति संगठन भएसँगै अब ककनी र नुवाकोटमा नेकता थप अजबूत भएको प्रतिक्रिया दिए ।
कार्यक्रमकी प्रमुख अतिथि नेता शाक्ले दुईपार्टीबीचको एकताले देशैभर नेकपा थप सुदृढ हुँदै गएको भन्दै एकता जोगाएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिइन् ।