विष्णुमति पुलदेखि छन्त्याल चोकसम्म सडक ढलान हुँदै, नगरको ६० लाख बजेट

तारकेश्वर, १७ असोज । तारकेश्वर नगरपालिका वडा नं १० को बिष्णुमति पुलदेखि छन्त्याल चोकसम्म सडक ढलान चलिरहेको छ ।

उक्त सडक निर्माण कार्यका लागि तारकेश्वर नगरपालिकाबाट आव २०७७ ७८ मा साठी लाख बजेट विनियोजन भएको छ। सडक निर्माण स्थानीय उपभोक्ता समितिले गरिरहेको छ। श्री एैश्वर नगर सेवा समाज उपभोक्ता समितिले अन्तर्गत ढलान कार्य भइरहेको छ । ढलानका लागि नगरपालिकाको ६० लाखका साथै उपभोक्ताबाट १४ लाख २७ हजार व्यहोर्ने गरि काम भइरहेको छ ।

सडक निर्माण गर्न १० वडा कार्यलयक‍ो पहल रहनुका साथै सो वडाले अनुगमन समिति पनि बनाएको छ । वडाले वडा सदस्य ध्रुवराज राईलाई योजना अनुगमनका लागि तोकेको छ । ढलान योजनामा ६६ क्यूमिटरको ग्राबेल, २१० मिटरको कभस्र्टाेन, २१६.८० क्यूमिटरको ढलान गर्ने उल्लखे गरिएको छ । त्यस्तै ड्रेन प्लास्टर तथा मर्मत र इनामेल रंग्याउने काम समेत योजनामा समावेश गरिएको छ । असोज ४ देखि थालिएको योजना आउँदो पुष ५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । ढलान कार्यका लागि सूर्यबहादुर गेलांग मगरको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति बनेको थियो ।