जरंखुपुलदेखि काभेस्थली जाने सडक दशैंअघि नै कालोपत्र हुने

तारकेश्वर, २२ असोज । तारकेश्वर नगरपालिका वडा न ६ जरंखुपुलदेखि काभ्रेस्थली जाने सडक कालोपत्रे हुने भएको छ ।

सो दिनका लागि उक्त सडक खण्डमा आवतजावतमा रोक लगाइएको छ । काभ्रेस्थली जाने मुल सडकमा पिचको काम हुने तारकेश्वर नगरपालिकाले वडा नं ६ ले सूचना निकल्दै २५ गते उक्त बुधवारदेखि नै निर्माण सामग्री थुपार्ने, पानी फाल्नेजस्ता काम नगर्न स्थानीयवासीलाई वडा कार्यालयले आग्रह गरेको छ ।