जीर्ण रहेको भिमेश्वर मन्दिर निर्माणको लागि बहादुरसिंहले दिए १ लाख सहयोग

नुवाकोट । जीर्ण रहेको भिमेश्वर मन्दिरको पुननिर्माण गर्नको लागि संघिय सांसद बहादुरसिंह लामा तामाङले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
तामाङले एक कार्यक्रमकोबीच बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा रहेको मन्दिरको लागि पुननिर्माणको लागि सहयोगार्थ एक लाख रुपैयाँको चेक समितिका अध्यक्ष सजित भण्डारीलाई हस्तन्तरण गरेका हुन् ।
सांसद तामाङले पुनः ५० हजार रुपैयाँ मन्दिर निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले रातमाटेकै नन्दुटारमा निर्माण भइरहेको प्याँगल गाङ गुम्बाको लागि बजेट निकासामा पहल गर्ने र व्यक्तिगत रुपमा पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।