नुवाकोटमा थप ५९ जना कोरोना संक्रमण पुष्टि

नुवाकोट । नुवाकोटमा थप ५९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४२ जना पुरुष र १७ जना महिलामा कोरोना संक्रमाण देखिएको हो ।

संक्रमितहरु सुर्यगढी गाउँपालिकाका २४ पुरुष र १२ महिला, शिवपुरी गाउँपालिकाका ७ पुरुष, दुप्चेश्वर गाउँपालिकाका ५ पुरुष र एक महिला ,ककनी गाउँपालिकाका ४ पुरुष र एकमहिला तथा विदुर नगरपालिकाका ३ महिला र २ पुरुषमा कोरोना रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६९ पुगेको छ । जसमा २ सय ८२ पुरुष र ८७ महिला रहेका छन् ।

त्यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १८ जना रहेका छन् । त्यस्तै नुवाकोटका एकसय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

जिल्लाका एक जना कोरोना संक्रमित महिलाको ज्यान गइसकेको छ । नुवाकोटमा हालसम्म ५ हजार ७ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको छ ।