नुवाकोटमा थप १४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ५०६ पुग्यो

नुवाकोट । नुवाकोटमा थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका पछिल्लो २४ घण्टामा किस्पाड गाउँपालिकाका २ महिला र ६ पुरुष, विदुर नगरपालिकाका दुई पुरुष र एक महिला, तारकेश्वर गाउँपालिकाका एक महिला, लिखु र ककनी गाउँपालिकाका एकएक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ ।

संक्रमितमध्ये ३ सय ७२ पुरुष र एकसय ३४ जना महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

निको भएर घर फर्कनेमा विदुर नगरपालिकाका एक पुरुष र दुई महिला तथा ककनी गाउँपालिकाका दुई पुरुष र एक महिला र तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला रहेका छन् ।