नुवाकोटमा थप ७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३०८

नुवाकोट । नुवाकोटमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ५ जना तादी गाउँपालिकाका २ जनामा कोरोना देखिएको हो । ।

संक्रमितमध्ये ३ पुरुष र ४ महिला रहेका छन् । यससँगै नुवाकोटका ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ ।

यस्तै नुवाकोटका २ सय २ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्कीएका छन् । पछिल्लो २४ घण्टामा ३ पुरुष र एक महिला कोरोनामुक्त भएर घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ५३ पुरुष र ४६ महिलासहित ९९ सय जनाको पिसिआर संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।