नुवाकोटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९० पुग्यो

काठमाडौं । नुवाकोटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार विहिबार गरिएको परीक्षणमा १० पुरुष र ६ महिलामा कोेरोना संक्रमण देखिएको हो ।

जसमा विदुर नगरपालिकामा १ जना पुरुष, बेलकोटगढी नगरपालिकामा १० जनामध्ये ६ पुरुष र ४ महिला र सूर्यगढी गाउँपालिकामा ५ जना रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५९० पुगेको छ जसमध्ये ४ सय २० पुरुष र एकसय ७० महिला रहेका छन् । यो सँगै २८० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।