तारकेश्वर नगरपालिकामा मानवसेवा आश्रमको स्थायी भवन बन्ने, अनुमानित लागत ७ करोड

काठमाडौं । महानगरपालिका भित्र कोही भोकै नरहुन्, भोकले कोही नमरुन् भन्ने भावनालाई आत्मसाथ गरी धर्मभक्त माथेमा माहानगर मानवसेवा आश्रम निर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिका, तारकेश्वर नगरपालिका र मानवसेवा आश्रमवीच त्रिपक्षीय बैठक सम्पन्न भई मानवसेवा आश्रमको स्थायी भवन निर्माण गर्ने निर्णय भएको हो ।

उक्त भवनको निर्माण भइसकेपछि ३०० जना काठमाडौं महानगर सडकपेटी एवं सार्वजनिक स्थहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुले एक पटकमा सेवा लिन सक्नेछन् ।

करिब ७ करोड अनुमानित लागत रहेको भवनको निर्माण खर्च काठमाडौं नगरपालिकाले बेहोर्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यज्युले बताउनु भएको छ ।

उहाँले काठमाडौं महानगरपालिका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको मानवोचित व्यवस्थापन सन्दर्भमा अत्यन्त संवेदनशिल रहेको बताउनु भएको छ ।

फरक सन्दर्भमा बोल्दै उहाँले हाल खुला मञ्चमा सञ्चालन भइरहेको भोजनवितरण कार्यक्रमलाई व्यवस्थित र सम्मानजनकर बनाउन काठमाडौं महानगरपालिकाले सहयोग गर्न चाहेको भएपनि बाहीर फरक किसिमको हल्ला चलेको बताउँदै महानगरभित्र वास्तविक सहयोगापेक्षी भेटीय तत्काल व्यवस्तापन हुने बताउनु भएको छ ।

काठमाडौं महानगरपालिका र परोपकारी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रमले हाल काठमाडौंका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनका कार्यहरु गराउँदै आइरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यज्युको सभाअध्यक्षतामा भएको बैठकमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराज्यु, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यु, दुवै पालिकाका प्रशासकिय प्रमुख, विभागीय प्रमुखहरु र प्राविधिकहरु, तारकेश्वर नगरपालिका ३ नं। वर्डा कार्यालयका वडा अध्यक्षज्यु, लगाएतको उपस्थिति रहेको थियो ।

वैठकले तारकेश्वर नगरपालिका ३ नं। वडामा ९साविक जितपुरभेदी ४० मा मानवसेवा आश्रमको स्थाई भवन ९धर्म भक्त माथेमा महानगर मानवसेवा आश्रम० निर्माण गर्ने निर्णग गरेको हो ।

काठमाडौं महानगरपालिका कानुन विभागका निर्देशक बसन्त आचार्यज्युले सञ्चालन गर्नुभएको बैठकमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यु, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराज्यु र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युले गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य ई। सजिव शाक्यज्युले निर्माण हुने भवनको प्रस्तावित ड्रईङ र डिजाई प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालक बसन्त आचार्यज्युले तीन पक्षबीच हुने सहकार्यको खाँका प्रस्तुत गर्नुभएको छ ।