तादीखोला पक्की पुल शिलान्यास, लागत रकम ९ करोड १३ लाखबढी

नुवाकोट । निरन्तर प्रयास पछि बागमती प्रदेश सरकारको योजनामा तादी खोला पक्की पुल शिलान्यास भएको छ ।

भ्याँङले समुन्द्रटार बालकुमारी सडकमा निर्मित पुल शुक्रबार शिलान्यास भएको हो ।

कार्यक्रममा उपस्थित प्रमुख अथिति संघीय सांसद माननीय हितबहादुर तामाङ, भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, बागमती प्रदेश उपसभामुख राधिका तामाङ प्रदेश सासंद बद्री मैनाली,हिरानाथ खतिवडा   स्थानीय सरकारका प्रतिनिधिहरु, प्रजिअ लगायत कर्मचारी साथीहरु र निर्माण कम्पनी, पार्टी प्रतिनिधि लगायत उपस्थित रहेको थियो ।

कुल बजेट ९ करोड १३ लाख ४ हजार ,९७५ रुपैयाँ रहेको उक्त पुल निर्माण पश्चात नुवाकोटका तादी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका जनसमुदायलाई आवगमनमा निक्कै सहज हुनेछन् । पुलको लम्बाई ६५०० रहेको छ । उक्त आयोजना २०७८ साल सम्ममा सम्पन्न गर्नुपर्नेछ ।

२९ कार्तिक २०७७, शनिबार