त्रिशूली अस्पतालले बिरामी बाहेक अन्यको कोरोना जाँचको लागि स्वावको नमूना संकलन नगर्ने

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले अस्पतालमा सेवा लिन जाने बिरामी बाहेकका ब्यक्तिको कोरोना जाँचको लागि स्वाबको नमूना संकलन नगर्ने भएको छ ।

सोमबार अस्पतालले एक सूचना निकाल्दै सेवाग्राहीको सुविधालाई मध्ये नजर गर्दै उक्त निर्णय गरेको जनाएको छ । यस अघि सोमबार र विहिबार गर्दै आएको स्वाव संकलन कार्य अर्को सुचना प्रकाशिच नहुदाँसम्म स्थगित गरेको जनाएको छ ।

कोभिड-१९ पिसिआर परीक्षणको लागि प्रदेशस्तरीय कोभिड-१९ प्रोटोकल अनुसार नमुना स्वाब संकलन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएअनुसार अस्पतालमा हुने स्वाब सङ्कलन कार्य मङ्सिर ९ गतेदेख अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट (मेसु) डा. दिपेन्द्र पौडेलले जानकारी दिए ।

८ मंसिर २०७७, सोमबार