नागार्जुन नगरपालिकाले वितरण गर्यो अग्नी समन यन्त्र

काठमाडौं, १३ मंसिर । नागार्जुन नगरपालिकाले नगरवासीलाई अग्नी समन यन्त्र(फायर एक्सिटंगगुइस्टर) वितरण गरेको छ ।

शनिवार संघीय तथा प्रदेश सांसदको उपस्थितीमा नगरले १ सय ५४ थान यन्त्र वितरण गरेको हो । सो अवसरमा नगरका मेयर मोहन बहादुर बस्नेतले शहरी क्षेत्रमा रहेको आगलागीको जोखिमलाई न्यूनिकरण गर्न यन्त्र वितरण गरेको बताए । प्रमुख बस्नेतले अन्य नगरपालिकामा भन्दा आफ्नोमा वहालकर कम लिएको दावी गरे ।

गर्भवति तथा सुत्केरी महिलालाई आइरन चक्की, भिटामिन वितरण , जिमहल निर्माण लगायत काम गरेको बताए । साथै नगरले १ लाख बिरुवा वितरण गरेको पनि मेयर बस्नेतले स्मरण गरे । राजनीतिक विषयमा टिप्पणी गर्दै मेयर बस्नेतले काँग्रेसले बलियो प्रतिपक्षीको भूमिका खेल्नुपर्ने र संघीय सरकारले प्रभावकारी रुपमा जनमत बमोजिम काम गर्नुपर्ने बताए ।
कार्यक्रममा संघीय सांसद तथा काँग्रेस नेता प्रकाशमान सिंह प्रमुख अतिथिका रुपमा सहभागी भए । नेता सिंहले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै संविधान कानून अनुसार सरकार नचलेको दावी गरे । नेता सिंहले संसदको अधिवेशन खोल्नुपर्ने माग गर्दै उपसभामुख नियुक्तिमा पनि सरकारले उदासिनता देखाएको धारणा गरे ।

कार्यक्रममा प्रदेश सांसद प्रकाश श्रेष्ठले जनतालाई अधिकार सम्पन्न बनाउने गरि प्रदेश सभाले कानुन बनाउने र कार्यान्वयन गरिरहेको बताए । साथै सांसद श्रेष्ठले प्रदेशले पठाएको बजेट नागार्जुन नगरपालिकाले व्यस्थित रुपमा प्रयोग गरेको भन्दै प्रशंसा गरे ।त्इस्तै नगरले खानेपानी र फोहोर व्यवस्थापनमा प्रभावकारी कार्यक्रम ल्याए प्रदेशले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

१३ मंसिर २०७७, शनिबार