नागढुंगा क्षेत्रमा जडान गरिएको सिसिटिभी उद्घाटन सम्पन्न

तारकेश्वर, १३ मंसिर । चन्द्रागिरि नगरपालिकाको कलंकी नागढुङ्गा पीपलीमोड सडकखण्डमा जडान गरिएको सिसिटिभिको उद्धाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिका क्षेत्रलाई डिजिटल प्रविधिको माध्यमबाट नमूना नगर बनाउने अवधारणाका साथ पहिलो चरणमा चन्द्रागिरि नगरपालिकाबाट कलंकी ढुङ्गेअड्डादेखि नागढुङ्गा पिप्लामोड सडक खण्डमा अप्टिकल फाईबर तथा आवश्यक उपकरणहरू सहित अत्याधुनिक प्रविधियुक्त ६८ वटा सिसिटिभि जडान गरिएको नगरका मेयर गिरीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई सिसिटिभी हस्तान्तरण गरिएको छ। कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल, प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह र जनक भट्टराई सहभागी थिए ।
साथै कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृतज्यू, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य लगायत सहभागी भए ।