महासंघको जिल्ला नगर सदस्यतर्फ धेरै मत ल्याउनेमा नुवाकोटका राजन श्रेष्ठ

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठ भारी मतले विजयी भएका छन् ।
शनिवार भएको महासंघको निर्वाचनबाट श्रेष्ठ जिल्ला नगरतर्फबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । जिल्ला नगरतर्फबाट चन्द्र ढकालको प्यानलबाट विजयी भएका श्रेष्ठले ७९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाकारी दिएको छ ।
महासंघको सदस्यमा पुन दोस्रोपटक निर्वाचित भएका श्रेष्ठले अब जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्ने बताए ।