ककनी गाउँपालिकामा १० शैय्याको अस्पताल भवन शिलान्यास
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा १० शैय्याको अस्पताल भवन शिलान्यास भएको छ ।
पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास कार्यक्रम अन्तर्गत नै उक्त भवन शिलान्यास भएको हो ।
अस्थायी अस्पताल शिलान्यास कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद हित बहादुर तामाङ्ग ,बिशेष अतिथी बागमती प्रदेश सांसद बद्री मैनालीले गरेका थिए ।
त्यस्तै अतिथी हरूमा गापा उपाध्यक्ष सीता खतिवडा लामा, नेकपा नेता काशीराज अधिकारी,रामहरी श्रेष्ठ ,प्रशासकिय अधिकृत महेन्द्र नेपाल,वडाध्यक्षहरू केदार पौडेल ,शेषमान लामा ,दिपेश तामाङ्ग लगायतका उपस्थित र गा।पा अध्यक्ष मान ब।लामाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन कार्यपालिका सदस्य शंकर नेपालीले गरेका थिए ।
सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको थियो।
७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गरिएको हो ।
प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिएको छ ।
अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ।
पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ।