युएई बस्ने काँग्रेस नेता तिमिल्सनाले गरे अपांग सेवा केन्द्रलाई सहयोग

तारकेश्वर, १६ कात्तिक । नेपाली कांग्रेसका युवा नेता तथा जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमिल्सिनाले जन्मदिनको अवसरमा तारकेश्वर नगरपालिका, वडा नं ६, धर्मस्थलि, पैयाँटारस्थित अपांग सेवा केन्द्रमा १ महिनाको लागि राहत सामाग्री सहयोग गरेका छन् ।

कोरोना भाइरसको कारणले निम्त्याएको विषम परिस्थितिमा निम्न आय भएका बिपन्न परिवार, संघ संस्थाहरुलाई सहयोग गर्ने क्रममा केन्द्रलाई एकमहिनाको राहत सामग्री प्रदान गरिएको हो ।

भुवानीप्रसाद तिमिल्सिना

राहत वितरणमा नेपाली कांग्रेसका युवा नेता हरि तिमिल्सिना, नेविसंघका पुर्व केन्द्रीय सदस्य सुशील भट्ट, तारकेश्वर नगरपालिका वडा नं ५ का सभापति शम्भु फुयाल, तरुण दल वडा नं ११ का सभापति दिपेश थापा, क्षेत्र नं ७ का क्षेत्रीय सदस्य भोला अर्याल, दिप्सन केसी र विबेक केसी सहभागी भए ।

सहयोगदाता भुवानीप्रसाद तिमिल्सिना हाल युएईमा रहँदै आएका छन् ।