रमेश महतको आतिथ्यमा तारकेश्वरका क्लबलाई खेलकुद, स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न ९ वटा क्लबलाई खेलकुद सामग्री, स्वास्थ्य सामग्री र स्टेचर प्रदान गरिएको छ ।

नेपाली काग्रेस नुवाकोटका महासमिति सदस्य तथा युवा नेता रमेशकुमार महतको प्रमुख आतिथ्य तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका उपाध्यक्ष शिब अधिकारी अबिरलको विशेष आतिथ्यमा आज एकैदिन विभिन्न ५ स्थानमा कार्यक्रम गरि स्थानीय ९ क्लबहरुलाइ ती सामग्री प्रदान गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ स्थित सयपत्री युवा क्लव, वडा नं १ लर्केप युनाईटेड क्लव र सेलडांडा समाजसेवा युवा क्लव, वडां नं ६ को भन्ज्यांगथोक युवा क्लव, नमोबुद्द युवा क्लव, वडा नं १ कै सिरानटोल युवा क्लव र सृजशिल युवा सेवा समितिलाइ खेलकुद सामग्री, स्टेचर सहित स्वास्थ सामग्री वितरण गरिएको हो ।

त्यस्तै तारकेश्वर गा.पा. वडा नं ६ स्थित श्री बाघ बच्छला युवा क्लवलाई खेलकुद सामग्री, स्टेचर र स्वस्थ्य सामग्री प्रदान गर्नुका साथै सोही वडामा निर्माण गरिएको मनकामना मन्दिर ऊद्घाटन गरि मन्दिर संचालनको लागि तीस हजार रुपैयाँको अक्षयकोष स्थानको घोषणा समेत गरिएको छ ।