ससंद विघटन विरुद्ध नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न६ले १३ गते विरोध प्रदशन गर्ने

तारकेश्वर पौष १२ नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ ले भोली ससंद विघटन विरुद्ध बृहत ¥याली सहित मनमैजुमा जुलुस सभा गर्ने भएको छ । भोली हुने विरोध जुलुसको नेतृत्व काठमाडौं क्षेत्र नं. ६ का सांसद्, पूर्व रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय नेता भिमसेन दास प्रधानले नेतृत्व गर्ने छन। नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार काठमाडौं क्षेत्र नं ६ को आयोजनामा लोकतान्त्रिक चोकको मनमैजुमा दिनको ठिक १ः०० बजे हुने जुलुस प्रदर्सनका साथै विरोध सभामा हुने नेपाली काँग्रेसका नेता विष्णुभक्त तिमिल्सिनाले बताउनुभयो ।
तिमिल्सिनाकाअनुसार भोली हुने मनमैजुको कार्यक्रममा नेपाली काँग्रेस तारकेश्वर वडा नं १, २, ६ , ७ , ८ , ९ , १० र ११ वडाका कार्यकर्ता र सुभेच्छुकहरु नेपालटार चोकमा १२ः०० बजे भेला भई जुलुस सहित लोकतान्त्रिक चोक जाने कार्यक्रम रहेको छ । त्यसैगरि काठमाडौं महानगर पालिका वडा नं २६, २७ र २८ र टोखा नगरपालिका वडा नं १ , ८ , ९ , १० र ११ वडाका कार्यकर्ता र सुभेच्छुकहरु गोगंबु चोकमा १२ः०० बजे जम्मा भई जुलुससहित लोकतान्त्रिक चोक जाने कार्यक्रम रहेको छ ।
नेपाली काँग्रेसले संसद् विघटनका विरूद्ध ओली प्रतिगामी सरकारका विरूद्ध भोली देशैभर आन्दोलन गर्ने भएको छ । ओली सरकारको सर्वसत्तावाद विरूद्ध नागरिक समाज, जनता समाजवादी पार्टी, नेकपा (माधव–प्रचण्ड) समूह र नेपाली काँग्रेस लगायतका साना दलहरुले निरन्तर रूपमा सङ्घर्ष गर्दै आएका छन् । भोलीका कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका सबै वडाहरुलाई विरोध कार्यक्रमका लागि तयारी रहन सबै वडालाई निर्देशन भइसकेको काँग्रेसका यूवा नेता एचआर तिमिल्सिनाले तारकेश्वर अनलाइन लाई जानकारी दिनुभयो ।