तारकेश्वर काङ्ग्रेसले माघ ३ गते विरोध सभा गर्ने

तारकेश्वर  पौष २८ कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा तारकेश्वर नगरपालिकाभित्र आन्दोलन विरोद सभाको घोषणा गरेको छ । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार  तारकेश्वरले वडा तहसम्मै विरोधका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेस नगर कार्य समितिको बैठकले माघ ३ गते शनिबार दिनको १ बजे धर्मस्थलीको डवलीमा विरोध सभा तय गरेको कांग्रेस नेता हरि तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार माघ ३ गते गैरीगाउँ शिब मन्दिरबाट बिहान ११ बजे र्याली शुरु गरि कोण सभा गरिने छ । सभालाई कांग्रेसका बिभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।