श्री वैदिक सनातन धर्म संरक्षण समाजको पाचौं वार्षिक साधारण सभा सम्पन्न

तारकेश्वर माघ १८ श्री वैदिक सनातन धर्म संरक्षण समाज को पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।उक्त साधारणसभा मा समाजसेवी प. श्री रामप्रसाद ढकाल ज्यु ले प्रमुख अभ्यागत को आतिथ्यता गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्री केदारनाथ पाठक ज्यु ले सभापतित्व ग्रहण गर्नु भएको थियो । कार्यक्रम मा समाजसेवी योगेन्द्र राज पाण्डे ,समाजसेवी ध्रुव राज पाण्डे , प. गोकर्ण खनाल, प्रेस सल्लाहकार सुस्मिता पाठक लगाएत का व्यक्ति हरुको उपस्तिथि रहेको थियो भने कार्यक्रम प्रस्तुत संस्थाका सचिब प. सागर रिजाल (सनातन ) ज्यु ले गर्नु भएको थियो , कार्यक्रम मा संस्थाको तर्फबाट आ.व. 2076,77 को आय व्यय र आगामी वर्ष को लागि अनुमानित रकम विनियोजन कोषाध्यक्ष श्री बिनोद मिश्र ज्यु ले प्रस्तुत गर्नु भएको थियो आगामी वर्ष को लागि विविध शिर्षक मा गरेर रु ५९,५०,२०५ विनियोजन गर्नुभएको थियो , कार्यक्रम मा बोल्नुहुदै संस्था का बरिस्ठ उपाध्यक्ष श्री होमनाथ अधिकारी ज्यु ले समाज मा रहेको विकृती विसङ्गती अन्य को लागि र नैतिक सामाजिक समाज परिकल्पना को लागी यश संस्थाले उल्लेख्य भुमिका खेलेको कुरा व्यक्त गर्नुभयो,त्यस्तै सहसचिव श्री शिवराम घिमिरे ले आज को युग जहाँ पुगेको छ त्यो हाम्रो वैदिक वाङ्मयको कारण ले गर्दा नै आज को युग विज्ञान मय भएको कुरा बताउनु भयो , त्यस्तै समाजसेवी ध्रुव राज पाण्डे , गोकर्ण खनाल ,गंगा पन्त ,बालकृश्न आचार्य ले संस्था को उत्तरोत्तर प्रगती को शुभकामना व्यक्त गर्नु भएको थियो भने समाजसेवी योगेन्द्र पाण्डे ज्यु ले संस्था को जुनसुकै कार्यमा पनि हातेमालो गरेर संस्थाले गरेको कार्य हरुको तारिफ गर्नु भएको थियो ।समाज मा सकारात्मक परिवर्तन को लागि संस्थाले राम्रो कार्य गरेको कुरा व्यक्त गर्दै संस्थाले वैदिक , पौराणिक र सांस्कृतिक धरोहर लाई बचाउन अझ उल्लेखनीय भुमिका निवाह गर्ने कुरा व्यक्त गर्दै सभापति ज्यु ले कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम मा १० वटा प्रस्तावना माथी छलफल गरि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।संस्थाले अब को १वर्ष भित्रमा ७७ जिल्लामा उपसमिति विस्तार गर्ने कुरा नि बताइएको छ , वैदिक वाङ्मय र संस्कृत शिक्षालाई जिवन्त राख्न प्रत्येक जील्ला मा गुरुकुल स्थापना गर्ने र जस अनुरुप नुवाकोट मा स्थापना भई संचालन भएको समेत जानकारी दिएको छ ।