तानपा वडा नं ८ टुसालको पराग कारखानामा आगलागी, करोडौंको क्षति

तारकेश्वर, २७ माघ । तारकेश्वर नगरपालिका वडा नं ८ टुसालमा रहेको पराग कारखानामा गएराति आगलागी भएको छ। आगलागी मंगलबार राति १:३० बजे बिजुलीको सर्किट पड्किएर भएको हो।
आगलागीबाट ८ करोड बराबरको सम्पत्ति क्षति भएको पराग कारखानाका सञ्चालक पवन अग्रवालले बताए ।
प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार आगलागी भएको सम्बन्धीत वडाबाट जानकारी पाएसँगै राति २ बजे नै प्रहरी घटनास्थलमा पुगेको थियो।
नेपाली सेना, जुद्ध वारुणयन्त्र र काठमाडौं महानगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाउन सफल भएको उनको भनाइ छ।
कारखानामा टिनको जस्ताको छानो भएको कारण तिव्र गतिमा आगो बढेर करोडौंको क्षती हुन पुगेको वडा नं ८ का अध्यक्ष मनोज कुमार घिमिरेले तारकेश्वर अनलाईनलाई जानकारी दिए।