टोखा नगरपालिकामा व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन हुँदै
तारकेश्वर फागुन, ३ । टोखा नगरपालिकामा खाध्यान्न तथा पोषण सुरक्षामा टेवा पुर्याउने उद्देश्यले व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन सुरु हुने भएको छ।
टोखा नगरपालिका कृषि शाखाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नगरपालिकामा कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन हुन लागेको हो ।
यस कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूह, कृषि सहकारी, जल, वन उपभोक्ता समिती तथा कृषि फर्महरुले आगामी फागुन १६ गते भित्र नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न सकिने टोखा नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले जानकारी दिइन्।
टोखा नगरपालिकाले नगरपालिका भित्रको कृषि क्षेत्रमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।