शिवपुरीको चिसापानीमा २ दिने पर्यटन पत्रकारिता तालिम
शिवपुरी ,१० चैत । सिन्धुपाल्चोक र नुवाकोटको सिमाना पर्ने चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले गर्नुभएको थियो ।
पत्रकार महासंघ वागमती प्रदेका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका असरमा बोल्दै केन्द्रीय अध्यक्ष पोखरेलले पर्यटन र आर्थ एक अर्काका परीपुरक भएकोले आर्थिक पाटोलाई मजवुद बनाउन पर्यटनका समाचारहरुलाई बढि भन्दा बढि प्रकाशन र प्रसारण गर्नुपर्ने कुरालाई जोड दिनुभयो । उहाँले अहिलेको सञ्चार माध्यममा कस्ले के वोल्यो भनेर बढि स्थान पाउने गरेको भएपनि यसले कुनै अर्थ नराख्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै पत्रकार महासंघका लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले हाम्रा मिडियाहरुमा राजनैतिक समाचारहरु बढि आउने तर पर्यटन सँग सम्बन्धित समाचारहरु कम आउने भएकाले पनि पर्यटन क्षेत्र ओझेलमा पर्न लागेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुव रावलले अन्य प्रदेशको तुलनामा यस प्रदेशमा तालिमका कार्यक्रमहरु बढिनै भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सो अबसरमा प्रशिक्षक कुवेर चालिसे र पत्रकार महासंघ नवाकोटका अध्यक्ष कपिलदेव खनाल लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । तालिममा कुवेर चालिसे, टिपी भुषाल र अशोक शिलवालले सहजीकरण गरिरहनुभएको छ । तालिममा वागमती प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।