गोसाईंकुण्डमा पूर्णिमा मेलाको दररेटः कालो चियाको ८० होटल प्रतिकोठा ७ सय
काठमाडौं, ५ भदौ । जनैपूर्णिमामा ठूलो मेला लाग्ने रसुवामा देश र विदेशका समेत भक्तजन र पर्यटक पुग्ने गर्दछन् । यसवर्षपनि जनैपूर्णिमा नजिकिँदै गर्दा कतिपयले गोसाईंकुण्ड जाने योजना बनाइरहेका छन् ।
के तपाईं पनि यो वर्ष गोसाईंकुण्ड जाने सोच बनाइरहनु भएको छ ? छ भने तपाईंले थाहा पाउनै पर्ने जानकारी छ ।
गोसाईंकुण्ड क्षेत्र विकास समिति धुन्चे रसुवाले मेला अवधिभरका लागि मूल्य तोकेको हो । समितिले गोसाईंकुण्ड त्यहाँ जाने बाटोको समेत मूल्य तोकेको छ । घट्टेखोलादेखि खेन्दी, देउराली, ढिम्सा, चन्दनवारी, चोलांगपाटी, लौरीविना र गोसाईंकुण्डमा लाग्ने मूल्यको सूचि सार्वजनिक गरेको छ ।
जसअनुसार घट्टेखोलमा कालोचियाको २५ रुपैयाँ मूल्य तोकिएको छ भने त्यहि चियालाई गोसाईकुण्डमा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, घट्टेखोलामा २ सय ५० पर्ने होटलको कोठालाई गोसाईकुण्डमा एक हजार पर्नेछ । तोकिएको मूल्य भन्दा अधिक मूल्य लिए सिधै फोनबाट उजुरी दिन पनि आग्रह गरेको छ । तोकिएको मूल्यभन्दा कसैले धेरै मागेमा सिधै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचित गरिएको छ ।
हेरौं जनैपूर्णिमाका लागि गोसाईकुण्डको दररेट
११ भाद्र २०८०, सोमबार