पाहाँच र्हे जात्राको अवसरमा धमाथु कानुनी सेवाद्वारा टिसर्ट वितरण

तारकेश्वर, ५ चैत । धमाथु कानुनी सेवा मनमैजुले स्थानीय पाहाँच र्हे जात्राको अवसरमा तारकेश्वरको विभिन्न स्थानमा टिसर्ट वितरण गरेको छ।

समाजसेवाको भावनाले धमाथु कानुनी सेवाका संचालकहरुले स्थानीय जात्रालाई प्रवर्द्धन गर्ने हेतुले टिसर्ट सहयोग गरेको बताएका छन् । जात्राको अवसरमा उनीहरुले धमाथु युवा क्लव मार्फत तारकेश्वरको कुमालगाउँ, पुसल, घर्मस्थली बजार र जरङ्खुमा गरि ३ सय ५० जनाभन्दा धेरैलाई टिसर्ट वितरण गरेका हुन् ।


तारकेश्वर नगरपालिका नेपाली कांग्रेसका नगरसचिव समेत रहेका धमाथु कानुनी सेवाका संचालक शंकर तिमिल्सिना, कानुनी सेवाका अर्का सञ्चालक राकेश महर्जनले, तानपा ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठबाट सो सहयोग हस्तान्तरण गराएका हुन् ।

कार्यक्रम पछि तारकेश्वर अनलाईनसँग कुरा गर्दै तिमिल्सिनाले स्थानीय संस्कृतिको जगेर्ना गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । धमाथु कानुनी सेवा र क्लबले यस्ता समाजसेवाका गतिविधिलाई जारी राख्ने उनको भनाइ छ ।