प्रथम छहरे ऐतिहासिक महोत्सवमा हेलिकोप्टर चढेर गोसाईकुण्ड र नुवाकोट दरबारको अवलोकन गर्न पाइने

नुवाकोट फागुन ,११। नुवाकोटको लिखु गाउँपालिका वडा नं ६ छहरेमा हुन लागेको प्रथम छहरे ऐतिहासिक महोत्सव तथा व्यापार मेलामा हेलिकोप्टर चढेर रसुवाको पर्यटकीय स्थल गोसाईकुण्डको दर्शन गर्न पाइने  भएको छ ।

महोत्सवमा प्रभु हेलिकोप्टरले नुवाकोटका विभिन्न प्राकृतिक तथा ऐतिहासिक धरोहरहरू देखाउँदै रसुवाको प्राकृतिक स्थल गोसाईकुण्डको दर्शन गराउने छ ।

महोत्सव स्थलबाट नुवाकोट दरबार परिक्रमाको प्रति व्यक्ति पाँच हजार र गोसाईकुण्ड दर्शनको प्रतिव्यक्ति पन्ध्र हजार रुपैयाँ लाग्ने प्रभु हेलिकोप्टरका राजेश डंगोलले बताए।

महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टरले पुष्पगुच्छा गर्ने बताइएको छ।

नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा स्थानीय कृषि व्यापारको प्रदर्शनी मेलामा हेलिकोप्टरको व्यवस्थाले महोत्सवलाई थप व्यवस्थित र मनोरञ्जनात्मक वनाउने प्रथम छहरे ऐतिहासिक महोत्सव तथा व्यापार मेलाका आयोजकले तारकेश्वर अनलाईनलाई जानकारी दिए।

११ फाल्गुन २०७७, मंगलवार