काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लुको संक्रमण बढ्यो ,८ हजार हाँस र कुखुरा नष्ट

तारकेश्वर फागुन,१४ । काठमाडौंको तारकेश्वर नगरपालिका स्थित वडा नं १ को फुटुङ र साङलाखोलामा किसानले पालेको हाँस, टर्की तथा कुखुरामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा शुक्रबार ८ हजार हाँस र कुुखुरा नष्ट गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले जानकारी दिए ।

गत फागुन १ गते पनि तारकेश्वरको वडा नं १ साङलामा बर्डफ्लु भेटिएको थियो।

तारकेश्वर नगरपालिकाले नगरपालिका भित्रको पशुपन्छी पालनलाई व्यवस्थित गर्न नसक्दा तारकेश्वरमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन ।