तानपा- ६ द्वारा १ सय ८३ जना ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण
तारकेश्वर फागुन १४ । तारकेश्वर नगरपालिकामा सन्चालन भइरहेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण तथा निशुल्क आँखा शिविर कार्यक्रम शुक्रबारबाट सम्पन्न भएको छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा , वडा नं ६ को वडाध्यक्ष मधु कार्की, स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाह, नगरपालिकाका कर्मचारीहरु, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
गत माघ १८ गते तारकेश्वर नगरपालिकाको वडा नं १ बाट सुरू भएको कार्यक्रम शुक्रबार वडा नं ६ को ७० बर्ष भन्दा माथिका १८३ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै कार्यक्रम समापन भएको हो।
नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सन्चालन भइरहेको कार्यक्रम करिब एक महिनाको अवधिमा तारकेश्वर नगरपालिकाको सबै सम्पन्न भईसकेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख प्रतिमा मिश्रले तारकेश्वर अन्लाइनलाई बताउनुभयो ।
स्वास्थ्य शाखाको आयोजनामा सन्चालन भइरहेको जेष्ठ नागरिकहरुको निशुल्क आँखा जाँच तथा प्रयोगशाला परीक्षण कार्यक्रम पनि आजबाट सम्पन्न भएको छ ।