नुवाकोटमा कोरोना संक्रमणको स्थिति आश्चर्यलाग्दो

नुवाकोट फागुन १७ । नुवाकोटमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमितको संख्या शुन्य अवस्थामा पुगेका छ ।

गएको २४ घण्टामा नुवाकोटमा एक जनामा पनि कोरोना भाईरसको संक्रमण देखिएको छैन ।

नुवाकोटमा अहिले सक्रिय संक्रमितको संख्या ९ जना भएतापनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सबै जना होमआइसोलेसनमा बसेका छन ।

नुवाकोटमा हालसम्मको तथ्याङ्कलाई हेर्दा १ हजार १ सय ४५ संक्रमितमा नौ हजार तीन सय नौ जनाको कोरोना परीक्षण गरिएको र ८ हजार १ सय ६४ जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

१ हजार १ सय ३५ जना निको भईसकेका छन् भने १० जनाको स्वास्थ्य अवस्था सामान्य र १ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकृत उत्तम खनालले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

१० गाउँपालिका र २ नगरपालिका गरि १२ ओटा स्थानीय तह रहेको नुवाकोटमा हाल सम्म सबैभन्दा बढी विदुर नगरपालिकामा ६ सय ९० जना संक्रमित भएका थिए भने सबैभन्दा कम म्यागङ गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।