टोखा नगरपालिकामा ४ महिना अगाडिको मेयर उज्यालो कार्यक्रम अस्तव्यस्त

काठमाडौं फागुन, १८ । टोखा नगरपालिकामा विगत ४ महिना अगाडिको मेयर उज्यालो कार्यक्रम अझैपनि अस्तव्यस्त देखिन्छ ।

नगरपालिकाले गत कार्तिक २५ गते ठेक्का सम्झौताको सुचना प्रकाशित गरेर मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको १० ओटा सडक खण्डमा सडकबत्ती जडान गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको कार्यान्वयनको लागि कार्तिक २५ गतेनैनगरपालिकाको कार्यपालिका वैठकले सिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरेको भएतापनि आजसम्म कामले गति लिएको देखिँदैन ।

नगरपालिकाले प्रक्रिया पूरा गर्दा केहि समय लागेको भेनेर टारिरहेको छ ।

ठेक्का सम्झौता पुरा भइसकेको र चैतको दोस्रो साताबाट काम अघाडी बढने टोखा नगरपालिकाका मेयर प्रकास अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

मेयर उज्यालो कार्यक्रमको ठेक्का सम्झौता टक्सन कम्पनी र सुर्योदय उर्जा कम्पनीसँग फागुन ५ गते भएको र २ महिना भित्र काम सकिने टोखा नगरपालिका प्राविधिक शाखा प्रमुखले वताएकी छन ।

 

नगरपालिकाले मेयर उज्यालो कार्यक्रम अन्तर्गत नगरपालिका भित्रको १०ओटा सडक खण्डमा राख्ने भनेको सडकबत्तीमा सामाखुशी चोकबाट भण्डारी चोक ओमशान्ति सामुदायिक भवन सम्म सडकबत्ती, बसपार्क देखि विष्णुमति करिडोर हुँदै भत्केको पुल सम्मको सडकबत्ती गोंगबु चोकदेखि जालपा चोक हुँदै धनेश्वरी मन्दिर सडक सम्मको सडकबत्ती गरि ३ ओटा सडक खण्डमा सडकबत्ती जडान गर्न टक्सन कम्पनीसँग ठेक्का सम्झौता भएको छ भने बाँकी ७ ओटा सडक खण्डमा सडकबत्ती जडान गर्न सुर्योदय उर्जा कम्पनीसँग ठेक्का सम्झौता पुरा भइसकेको नगरपालिकाले बताएको छ।

अबको दुई महिना भित्र टोखा नगरपालिका उज्यालो नगरपालिका बन्ने नगर प्रमुखले दावी गरेका छन् ।