शान्ति सुरक्षामा नागरिक र प्रहरीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर २१, फागुन । शान्ति सुरक्षामा नागरिक र प्रहरीको भुमिका विषयमा शुक्रबार सौगात पार्टी प्यालेस बसपार्कमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा टोखा नगरपालिका वडा नं ३,८,९,१० र ११ नम्बर का वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

टोखा नगरपालिकाको ८ ओटा विद्यालय र काठमाडौं महानगरपालिकाको एउटा गरि जम्मा ९ ओटा विद्यालयका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा विभिन्न सर्जक तथा स्रष्टाहरूले कविता वाचन समेत गरेका थिए ।कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रहरी सुरक्षा र अपराधको बारेमा बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुको आयोजना तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको प्रहरी नायब निरीक्षक पदम बहादुर पाण्डे क्षेत्रीले तारकेश्वर अनलाइनलाई बताए ।

यौन व्यवसाय जस्तो अपराध र महिला हिंसा गर्ने मानिसहरूको बारेमा बोल्दै टोखा नगरपालिका वडा नं ९ का वडाध्यक्षले श्रम बेचेर बाँच्नुस, शरिर बेचेर होइन भन्ने अभिव्यक्ति दिएका थिए । साथै कार्यक्रम लागुऔषध तथा दुर्व्यसनीका विरुद्ध र महिला हिंसा विरुद्ध केन्द्रीत भएको थियो ।