संघ र प्रदेशको बजेटमा स्थानीय जनप्रतिनिधिहरुको असन्तुष्टि

तारकेश्वर २२ फागुन । नेपाल संघीय प्रणालीमा गएसँगै देशमा संघीय, प्रादेशीक र स्थानीय गरी तीन तहको सरकार निर्माण भएको छ ।
देश संघीयतामा गएसँगै देशको हरेक पक्षको विकास तिव्र गतिमा भएको देखिन्छ तर केहि स्थानीय तहमा विकाशको अवस्था शुन्य स्थितिमा नै छ ।
संघ र प्रदेशले स्थानीय तहमा बजेट विनियोजन गर्दा भेदभाव गरेकोले सबै स्थानिय तहहरूले एकै अनुपातमा विकास गर्न नसकेको तारकेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी बताउँछन् ।
केसीले आफ्नै वडाको उदाहरण दिँदै आफूले पनि त्यही समस्या संघ प्रदेश र नगरबाट भोगिरहेको तारकेश्वर संवादमा बताए ।
संघ र प्रदेशको बजेट आफ्नो आसेपासे स्थानीय तहमा केन्द्रित
संघ र प्रदेशले वजेट विनियोजन गर्दा आफु निकटका स्थानीय तह र वडामा मात्र बजेट केन्द्रीत गरेको स्थानीय वडाका जनप्रतिनिधिहरुले बताइरहेका छन ।
तारकेश्वर नगरपालिकामा पनि त्यो समस्या देखिएको छ भने कतिपय वडाध्यक्षहरु नगर कार्यपालिकाको निर्णयमा पनि असन्तुष्ट भएको बताउँछन् ।