तारकेश्वरमा १११औँ अन्तराष्ट्रिय महिला दिवसको दिन अन्तरक्रिया कार्यक्रम हुने

तारकेश्वर २३, फागुन ।  १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तारकेश्वर नगरपालिकामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ” महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध: नेपालको आधार” भन्ने मुल राष्ट्रिय नाराका साथ १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउन लागिएको तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाले बताएको छ ।                                                                                                                                                                       भोलि फागुन २४ गते सोमबार तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारको कान्तिपुर पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम हुन लागिएको आयोजक तारकेश्वर नगरपालिकाले तारकेश्वर अनलाइनलाई जानकारी दिएको हो । तारकेश्वर नगरपालिकाले महिला अधिकारको संरक्षण र सम्मानमा निरन्तर रुपमा सक्रिय भइ नगरस्तरीय कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।