तारकेश्वर नगरपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर २४, फागुन । तारकेश्वर नगरपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिलाको सुरक्षा सम्मान र रोजगार समृद्धस् नेपालको आधारू भन्ने मुल राष्ट्रिय नाराका साथ १११ औँ अन्तराष्ट्रिय महिला दिवस तारकेश्वर नगरपालिकामा पनि मनाइएको तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाले जानकारी दिएको छ ।

काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, महिला अधिकार कर्मी तथा कानुन व्यवसायी विष्णु बस्याल , तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख प्रतिमा मिश्र लगायतका महिला अधिकारकर्मी संघसंस्थाका तथा महिला समुह र सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न सर्जक तथा स्रष्टाहरूले महिला अधिकारको विषयमा कविता वाचन समेत गरेका थिए ।

नेपालमा  ४८.५ प्रतिशत जनसङ्ख्या भएको पुरुषहरुले ५२.५ प्रतिशत जनसङख्या भएको महिलाहरुलाई दबाईरहेको छन भने हाल देशको १८ वटा स्थानीय तहको प्रमुख तथा उपाध्यक्षमा महिला रहेको भएतापनि आगामी दिनमा महिलालाई नेतृत्वमा आउन जरुरी भएको कार्यक्रममा महिला अधिकारकर्मी विष्णु बस्यालले बताइन ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका महिलाहरुको सयौँको सङ्ख्यामा उपस्थिती रहेको थियो ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक गम्भीर जंग थापाले कार्यक्रमका सम्बोधन गर्दै नेपालमा १०० प्रतिशत महिलानै कुनै न कुनै रूपले हिंसाको चपेटामा परेको बताए ।