काठमाडौको फोहर नुवाकोट ल्याउन नदिने
नुवाकोट २६, फागुन । चैत १ गतेदेखि काठमाडौंको फोहोर नुवाकोट लैजान नदिने भएको छ ।
नुवाकोट–काठमाडौ गर्ने ‘बालाजु–ककनी–त्रिशूली’ सडकमार्ग कालोपत्रे गर्न मागगर्दै ककनी गाउँपालिकाका युवाहरुले काठमाडौको फोहर बिसर्जनमा अबरोध ल्याउने बताउँदै बुधबार बिरोधका कार्यक्रमहरु घोषणा गरेका छन् ।
‘पासाङ्ग ल्यामु राजमार्ग कालोपत्रे दबाब अभियान–सचेत नागरिक’ युवाहरुको समूहले आगामी चैत १ गतेदेखि काठमाडौको तिनपिप्लेमा बसेर काठमाडौ उपत्यकाको फोहर लैजान नदिने बताएका छन् ।
‘पासाङ्ग ल्यामु राजमार्ग कालोपत्रे दबाब अभियान–सचेत नागरिक’ समाजले गत वर्ष पनि सडकको स्तरउन्नती र कालोपत्रे गर्न दबाब दिदै सडकमै रोपाई जात्रा समेत गरेको थियो । केही समयअघि नुवाकोटका तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सैलुङ्ग कम्पनीका ठेकेदार शारदाप्रसाद अधिकारी काममा फर्कदै काम अघि बढाएको बताउनुभएको थियो ।
सडक स्तरउन्नती र कालोपत्रेको लागी पाँच वर्षअघि जिम्मेवारी लिएको ठेकेदार कम्पनीले सडक भत्काएर छाडेपछि अहिले ‘बालाजु–ककनी–त्रिशूली’ सडकखण्ड नियमित रूपमा सन्चालन भइरहेको छैन ।
२०२० सालदेखि सुरु भएर २०७० सम्म ५० वर्ष पुरानो सडक
बालाजु–ककनी–त्रिशूली सडकखण्डमा सवारीसाधन नपाउँदा स्थानीयले सास्ती व्यहोर्नु परेको र बिरामी बोक्ने एम्बुलेन्स सेवा सडकमै अडक्दा बिरामीले नै ज्यान गुमाउन बाध्य भएको स्थानीयबासीले बताए ।
नुवाकोट र रसुवाको लागी एक मात्रै सडकको रुपमा रहेको ‘बालाजु–ककनी–त्रिशूली’ सडक अहिले बिजोग अबस्थामा रहेकाले मर्मतसम्भारको लागी सम्बन्धित पक्षको ध्यान नदिएको कारण चैत १ गते काठमाडौंको फोहोर नुवाकोटमा लैजान रोकेर विरोध गर्ने स्रोतले तारकेश्वर अन्लाईनलाई बताएको छ ।
२६ फाल्गुन २०७७, बुधबार