मन्त्रीपरिषद पुनः गठनको तयारीमा प्रधानमन्त्री ओली

तारकेश्वर २७, फागुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषद पुनः गठनको तयारी गरेका छन् ।

 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रीहरु हेरफेरको विषयमा छलफल भइरहेको बताएका छन् ।

 

ओली जसपाका नेताहरुलाई मन्त्रि बनाउने तयारीमा लागेको बताइएको छ ।तर जसपाको भने सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे पार्टी भित्रै सहमति हुन सकेको देखिँदैन ।

 

हालको स्वास्थ्यमन्त्री हृदेयस त्रिपाठीलाई परिवर्तन गरेर बामदेव गौत्तमलाई मन्त्री बनाउन लागेको स्रोतले बताएको छ ।

केपि ओलिले आफु निकटका नेताहरुलाई खुसी पार्न बेलामा मन्त्रीपरिषद पुनः गठन गर्दै आइरहेका छन् ।

२७ फाल्गुन २०७७, बिहीबार