कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत पुरा

तारकेश्वर २८ फागुन । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत पुरा भएको छ ।
कमलपोखरी भौेतिक निर्माणको काम सकिएर अहिले पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ ।
चैत महिना भित्र पोखरी निर्माणको सबै काम सक्नेगरी पुनःनिर्माणको भइरहेको काठमाडौँ महानगरपालिकाले बताएको छ ।
सँगै काठको कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको छ । केही दिनभित्रै पोखरीमा पानी राख्ने तयारीमा महानगर जुटेको देखिन्छ । शुरुमा पोखरीमा एक लाख लिटर पानी भर्ने योजना छ ।
पोखरी पुनःनिर्माणको काम धनञ्जय कँडेल जेभी रानीबारीले गरेको हो ।
आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिने र वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिने बताइएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताए।